दफा १७
भैटघाट कक्षको व्यवस्था गरिने
(१) कारागार प्रशासकले बन्दीलाई भेट्न आउने. निजका परिवारका सदस्य, नजिकका नातेदार, निजले मुक्ररर गरेको कानून व्यवसायी वा आफन्तको भेटघाटको लागि: आवश्यक कक्षको व्यवस्था गर्नु पर्नेछ।

(२) बन्दीलाई निजको नाबालक छोरा वा छोरी भेट्न आएमा भेटघाटको लागि कारागारमा छुट्टै कोठाको व्यवस्था गर्नु पर्नेछ।

(३) उपदफा (१) बमोजिम भेटघाटका लागि कारागारमा आउने व्यक्तिले कारागारमा प्रवेश गर्नुअघि तोकिए बमोजिमको सुरक्षा सम्बन्धी व्यवस्था र शर्त पालना गर्नु पर्नेछ। (४) कारागारमा बन्दी भेटघाटको लागि बनाइने भेटघाट कक्ष ज्येष्ठ नागरिकमैत्री, अपाङ्गतामैत्री र लैङ्गिकमैत्री हुनु पर्नेछ। (५) कुनै विदेशी नागरिक बन्दीको रुपमा रहेको अवस्थामा सम्बन्धित मुलुकको कूटनीतिक कर्मचारीले भेट्न चाही सम्बन्धित कृटनीतिक नियोगले परराष्ट्र मन्त्रालय मार्फत अनुरोध गरेमा त्यस्तो बन्दीलाई यस दफा बमोजिम भेटघाटको व्यवस्था मिलाउनु पर्नेछ।